News विदेश

क्यानडामा हिन्दू मन्दिरमा तोडफोड गर्नेलाई कारवाही गर्न भारतीय दूतावासकाे माग 

क्यानडामा हिन्दू मन्दिरमा तोडफोड गर्नेलाई कारवाही गर्न भारतीय दूतावासकाे माग 

 

एजेन्सी । क्यानडाको स्वामीनारायण मन्दिरमा तोडफोडको घटना सार्वजनिक भएको छ । यहाँ अज्ञात व्यक्तिहरूले मन्दिरको पर्खालमा क्षति पु¥याएका छन् ।

क्यानडाको टोरन्टोमा रहेको प्रख्यात स्वामिनारायण हिन्दू मन्दिरमा अज्ञात व्यक्तिले तोडफोड गरी मन्दिरको पर्खालमा खालिस्तानी र भारत विरोधी नाराले रंग लगाएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले सामाचार लेखेका छन् ।

भारतीय उच्चायोगले घटनाको निन्दा गर्दै कारबाही गर्न माग गरेको छ । क्यानडा सरकारलाई दोषीहरूविरुद्ध शसक्त 
कदम चाली कारबाही गर्न क्यानडास्थित भारतीय राजदूतावासले आग्रह गरेको समेत छ ।

बीएपीएस स्वामीनारायण मन्दिर टोरन्टोलाई भारत विरोधी भित्तेचित्रको साथ अपमानित गर्ने कार्यकाे भारतीय राजदूतावासले कडा निन्दा पनि गरेकाे छ ।

भारतीय राजदूतावास भन्याे,'क्यानाडाली अधिकारीहरूलाई घटनाको अनुसन्धान गर्न र दोषीहरूलाई तुरुन्त कारबाही गर्न अनुरोध गरेका छौँ।'

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मन्दिरको भित्तामा खालिस्तानी नारा लेखिएको देखिएको छ । 

'आशा गरौं कि दोषी अपराधीहरूलाई छिट्टै न्यायको कठघरामा ल्याइयोस्,' ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले ट्वीट गरेका छन् । क्यानडाका भारतीय मूलका सांसद चन्द्र आर्यले घटना मात्रै नभएर हिन्दू मन्दिरलाई पछिल्लो समय यस्ता घटनाले निशाना बनाइएको बताए ।

"क्यानाडाली खालिस्तानी चरमपन्थीहरूद्वारा टोरन्टो बीएपीएस श्री स्वामीनारायण मन्दिरको तोडफोडको सबैले निन्दा गर्नुपर्छ । यो केवल एक पृथक घटना होइन । हालैका विगतमा क्यानाडाका हिन्दू मन्दिरहरू यस प्रकारका घृणित अपराधहरूद्वारा लक्षित भएका छन् । हिन्दू क्यानाडालीहरू वैध रूपमा चिन्तित छन्," आर्याले ट्विट गरेका छन् ।

बीएपीएस स्वामिनारायण संस्था एक आध्यात्मिक, स्वयंसेवक-संचालित विश्वास हो । जसले आस्था, एकता, र निस्वार्थ सेवाको हिन्दू आदर्शहरूलाई बढावा दिएर व्यक्तिगत वृद्धि मार्फत समाज सुधार गर्न समर्पित छ । 

धेरै क्यानाडाली नेताहरूले घटनाप्रति दुख व्यक्त गरेका छन् । उनीहरूले भने, 'टोरन्टोको बीएपीएस स्वामीनारायण मन्दिरमा भएको तोडफोडको बारेमा सुनेर धेरै निराश छु । जीटीए वा क्यानडामा यस प्रकारको घृणाको कुनै स्थान छैन।'

विशेष