News

इन्धनको मूल्य घट्दा अटेरी गरेको निगमले रातारात ६ रुपैयाँ बढायो 

इन्धनको मूल्य घट्दा अटेरी गरेको निगमले रातारात ६ रुपैयाँ बढायो 

नेपाल आयल निगमले विहिवार रातीदेखी लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो ।

त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमलाई प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति रहेको निगमको दावी छ ।

मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने निगमको नीतिले आम उपभोक्ताहरू मारमा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन । चाडबाड नजिकिँदै गर्दा डिजेलमा भएको मूल्य वृद्धिले बजारभाउ थप महँगिने उनीहरूको दाबी छ । चाडबाडलाई लक्षित गरेर छुट दिनुपर्ने अवस्थामा निगमले महँगीको उपहार दिएको उनिहरुले बताए।
निगमका अनुसमर सरकारले कर घटाउने वचन पूरा नगरिदिँदा उपभोक्ता मूल्य बढी भएको हो। यसअघि निगमले बुढीगण्डकी जलविद्युत् आयोजना (पूर्वाधार कर) का नाममा भन्सार बिन्दुमा उठाउँदै आएको कर घटाइदिन आग्रह गर्दा अर्थले शोधभर्ना दिने निर्णय गरेको थियो ।
 

विशेष