News राजनीति

रवीन्द्र मिश्रलाई लिङ्देनपछिको वरियातामा राखेर राप्रपा प्रवेश गराउने तयारी

रवीन्द्र मिश्रलाई लिङ्देनपछिको वरियातामा राखेर राप्रपा प्रवेश गराउने तयारी

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने अन्तिम तयारी सुरु भएको छ। वरिष्ठ उपाध्यक्ष बनाएर अध्यक्ष राजेन्द्र लिङ्देन पछिको वरियतामा राख्न राप्रपा तयार भएपछि मिश्रको पार्टी प्रवेश गर्ने तयारी अन्तिम चरणमा पुगेको बताईन्छ।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । उनले मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने प्रस्ताव गरे।

बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङले भने आफुलाई मिश्रको विरोधीका रुपमा उभ्याएर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । उनले मिश्रलाई पार्टीमा ल्याउने कुरामा आफू बाधक नभएको बताएका थिए। सँगै उनले पार्टीमा २०÷३० वर्षदेखि काम गर्दै आएका नेता÷कार्यकर्ताको मानमर्दन गर्न नहुने पनि बताए । उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पनि उनको कुरामा सहमति जनाए।

राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् । मिश्रले अध्यक्ष लिङ्देनपछिको पहिलो वरियता आफूले पाउनुपर्ने माग राख्दै आएपछि अहिले केही समस्या देखिएको एक नेताले बताए।

तर, अनितम समयमा वैठकले मिश्रलाई पनि अटाएर सबैको सम्मान हुने गरी वरियता टुंग्याउने जिम्मा अध्यक्ष लिङ्देनलाई दिइएको ति नेताको भनाई छ ।

विशेष