News बैंकिङ

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित 

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित 

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ । असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ गरी दुई अवार्ड पाएको हो ।

नबिलले अघिल्लो वर्ष पनि ‘एसएमई फाइनान्सियर अफ दि इयर एसिया २०२१’ जितेको थियो । बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पु¥याएको कारण आईएफसी र एसएमई फाइनान्स फोरमद्वारा सम्मान पाएको थियो । विश्व बैंक समूहको सदस्य आईएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।

तीनदिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा सहभागी नबिल बैंकका एसएमई एण्ड एमएफका प्रमुख निरजकुमार बस्नेत (डनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरव भएको बताए । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले सुनाए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, ‘एसएमई क्षेत्र अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेकाले अहिले देश तरलताको समस्यासँग लडिरहँदा पनि एसएमई क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लानु नबिल बैंकको प्रमुख प्राथमिकतामध्ये एक रहेको छ ।’

नवौं ग्लोबल फाइनान्स फोरम असोज ३ देखि ५ गतेसम्म कम्बोडियाको नोपपेन्हमा भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड मानिएको एसएमईमा केन्द्रित रही तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

विशेष