News

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन सम्पन्न

भारतीय अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ। गृहमन्त्री बालकृष्ण खाण र भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार संयुक्त रुपमा भूमि पूजन गरेका हुन।

यो परियोजनाको शिलान्यास सन् २०१४ को नोभेम्बरमै भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नोलका प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रुपमा यसको शिलान्यास गरेका थिए।

भारत सरकारको नेरु १० अर्व अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको भारतीय दुतावासले जनाएको छ।

परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १ दशमलव १० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाईएको छ । 

भूमि पुजन कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे।

परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद दिए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

विशेष