News

गाडीले किचेर १७ महिने शिशुको मृत्यु, चालक पक्राउ

गाडीले किचेर १७ महिने शिशुको मृत्यु, चालक पक्राउ

भक्तपुरमा शुक्रबार बिहान गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएको छ। मध्यपुर ठिमी–१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको गाडीले किचेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडिले किचेको हो। गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए।

उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।

विशेष