News

कोठामा ‘सुसाइड नोट’ छोडेर गायिका जेरुसा राई वेपत्ता !

कोठामा ‘सुसाइड नोट’ छोडेर गायिका जेरुसा राई वेपत्ता !

माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखिएको ‘बारुद’ बोलको गीत गाएपछि युवा पुस्तामाँझ लोकप्रिय रहेकी ३० वर्षीया गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको जनाईएको छ।

परिवारका सदस्यले उनको खोजिका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा निवेदन दिएपनि हालसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीका अनुसार राईलाई पछिल्लो पटक सुन्दरीघाट नजिककै देखिएको सुचना प्राप्त भएको छ।

प्रहरीले त्यसैलाई आधार बनाएर खोजतलास जारी राखेको छ। आमासहित सानेपामा बस्दै आएकी उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरीले जनाएको छ। राई युट्युबमार्फत ‘बारुद’ बोलको गीत सार्वजनिक गरेपछि चर्चामा आएकी गायिका हुन् ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी राईका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् ।

विशेष