News बैंकिङ

एनआईसीबाट रेमिट्यान्स बुझ्ने ग्राहकलाई बैंकले दिने भयो आकर्षक दक्षिणा

एनआईसीबाट रेमिट्यान्स बुझ्ने ग्राहकलाई बैंकले दिने भयो आकर्षक दक्षिणा

एनआईसीको पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना अन्तर्गत आकर्षक दक्षिणा दिने योजना बैंकले सुरु गरेको हो।

एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै एनआईसीको खाताबाट रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणा दिने योजना ल्याएको छ।

एनआईसीको पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना अन्तर्गत आकर्षक दक्षिणा दिने योजना बैंकले सुरु गरेको हो।

दसैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको यो योजना अनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० प्रदान गर्ने व्यवस्था गरेको छ। यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। 

यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनता बैंकको सेवाग्राही छन्।

विशेष