डेगीं संक्रमण भएपछि शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना
![डेगीं संक्रमण भएपछि शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/satyamohan-joshi.jpg)
डेगीं संक्रमण भएपछि वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। उनी शुक्रबार ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना भएका छन् ।
केहीदिनदेखि अस्वस्थ रहेका जोशीको स्वास्थ्य परिक्षणका क्रममा डेगीं संक्रमणका अतिरिक्त छाती तथा मुटुको पुरानै समस्या छ भने पिसाबमा पनि संक्रमण देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्।
जोशीलाई हाल अस्पतालको डिलक्स क्याविनमा चिकित्सकहरुको निरन्तर निगरानीमा राखिएको छ। उनको अवस्था बिहीबार भन्दा शुक्रबार अझै कम्जोर भएको र खानपीन पनि छोडेकाले अस्पताल भर्ना गर्नु परेको जनाईएको छ।
उनको अवस्था चिन्ताजनक देखिए पनि डराईहाल्नु पर्ने स्थिति नरहेको पल्मोनोलोजीष्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा.मिलेस जंगसिजापतीले जानकारी दिए ।
सत्य मोहन जोशी शताब्दी पुरुष