News राजनीति

आरजु दिल्ली पुगेपछि टिकट फकाउन लुसुक्क उतै पुगे मनु शाह

आरजु दिल्ली पुगेपछि टिकट फकाउन लुसुक्क उतै पुगे मनु शाह

गत साउनमा मात्रै नयाँदिल्लीमा पाठेघरको शल्यक्रिया गराएर फर्केकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा वुधबार फेरी नयाँदिल्ली पुगेकी छिन्। स्वास्थ्य अवस्था सामान्य नभएपछि उनी पुनः उपचारकै लागि दिल्ली पुगेको जनाईएको छ। 

आरजु दिल्ली पुगेपछि कांग्रेस सुदूरपश्चिम महामन्त्री नरबहादुर शाह ‘मनु’ पनि लुसुक्क उतै पुगेका छन्। १० वर्षभन्दा लामो समय कैलाली कांग्रेसको जिल्ला सभापति भइसकेका मनु आरजुले छाडेको निर्वाचन क्षेत्र कैलाली ५ मा आफनो टिकट सुरक्षित गर्न दिल्ली पुगेको बताईन्छ।

प्रत्यक्ष चुनाव लड्न लामो तयारी गरेकी आरजु अन्तिम समयमा मैदान छाडेर समानुपातिकमा वसेपछि कैलाली ५ मा टिकटका लागि हानाथाप छ। आरजु मैदानमा रहुन्जेल कांग्रेसबाट कसैको दाबी नरहेको उक्त क्षेत्रमा आकांक्षीहरु बढ्न थालेका छन्। नेताहरुले टिकटका लागि लबिङ सुरु गरेका छन्।  

गठबन्धनमा भागबण्डाका क्रममा डोटी नेकपा एकीकृत समाजवादीका प्रेम आलेलाई छाड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले त्यो क्षेत्र छाड्नुप¥यो। आरजु समानुपातिकमा बस्ने भएपछि सभापति देउवाले बलायरलाई कैलाली ५ अफर गरेका थिए। कैलाली ४ र ५ मध्ये एक रोज्न भनिएकोमा बलायरले ४ रोजे। 

बलायरले ४ रोजेपछि क्षेत्र नम्बर ५ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निचोड निस्किएको छैन। उसो त ०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली छाडेपछि भएको उपनिर्वाचनमा एमालेका महेश्वर पाठकलाई पराजित गर्दै विजयी भएका पुष्करनाथ ओझा त्यहाँका वलिया दावेदार हुन।

तर, ०७४ को निर्वाचनमा आरजुलाई असहयोग गरेको आरोप लागेपछि ओझामाथि पार्टीले गरेको कारवाही फुकुवा भएको छैन। निर्वाचनलगत्तै चुनावमा सहयोग नगरेको भन्दै ओझालाई सामान्य सदस्यसमेत नरहने गरी कांग्रेसले कारवाही गरेको छ।

कांग्रेसको सदस्य नै नरहे पनि धनगढीमा ओझाको पकड बलियो छ। कांग्रेसभित्रै पनि उनको प्रभाव अझै सशक्त छ।  जसकारण निर्वाचन घोषणा भएयता आरजु पक्षले ओझालाई भेटेर पटकपटक सहयोगका लागि अनुरोध ग¥यो। तर, ओझा टसकामस भएनन्। आरजुले प्रत्यक्ष चुनाव लड्न हिम्मत नगर्नुको एउटा कारण ओझा पनि भएको बताईन्छ।

स्रोतका अनुसार आरजुले उनलाई कारवाही फुकुवा गरी अन्य क्षेत्रबाट टिकट दिने प्रस्ताव पनि गरेकी थिईन। तर उनले क्षेत्र नम्बर ५ नछाड्ने अडान लिए भने अन्य पक्षका नेतासमेतले सहयोग नगर्ने देखेपछि आरजु समानुपातिकमा वसेको बताईन्छ।

आरजु ब्याक भएपछि ओझालाई कारवाही फुकुवा गरी टिकट दिनुपर्ने आवाज पनि उठिरहेको छ। तर, टिकट पाउनेमा ओझा स्वयम पनि ढुक्क छैनन। त्यसैले उनले स्वतन्त्र भएपनि उम्मेदवारी दिने  तयारी गरेका छन्। अर्कोतर्फ कांग्रेसले क्षेत्र नम्बर ४ को उम्मेदवारका प्रबल दाबेदार सुनील भण्डारीलाई कैलाली–५ मा सार्न सकिने विषयमा पनि छलफल गरिरहेको श्रोतको दावी छ।

त्यसपछिका बलियो दावेदार भनेका कांग्रेस सुदूरपश्चिम महामन्त्री नरबहादुर शाह ‘मनु’ नै हुन। जो अहिले आरजुलाई खुसी पार्न दिल्लीमा छन्। त्यहाँ आरजु र मनुको भेटघाटको कार्यक्रमसमेत रहेको एक नेताले बताए।

आरजु राणा कैलाली ५

विशेष