News

टुकुचा खालि गर्न नसकेको आक्रोश कविता र मुक्तक मार्फत पोख्दै बालेन्द्र

टुकुचा खालि गर्न नसकेको आक्रोश कविता र मुक्तक मार्फत पोख्दै बालेन्द्र

वर्षौदेखि वेपत्ता पारिएको टुकुचा खोला खोज्ने अभियानमा चौतर्फी असहयोग र अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरक्तिएका छन्। यदाकदा सामाजिक सञ्जालमा आगो ओकल्ने मेयर साहको फेसवुक र ट्वीटरहरुमा अचेल कविता र मुक्तक मात्रै भटिन्छन्।

टुकुचाको सामान्य असफलताले बालेन्द्रलाई मुक्तक र कविता फुर्न थालेको छ। शनिवार आफ्नै फोटो शेयर गरेर बालेन्द्रले ट्वीटरमा लेखेका छन्–‘ एक अक्षरबाट शब्द, अनि मन्त्र भएँ म। तिमीले, मायाले बाँध्यौ अनि स्वतन्त्र भएँ म।’

यतिमात्र होईन, एक दिन अघि मात्रै बालेन्द्रले फेसवुकमा टुकुचालाई नै लक्षित गरेर कविता पनि लेखे। कविता यस्तो छ–
ऊ हराएको छैन,
ऊ बगिरहन्छ ,
तिम्रो सास रहेसम्म,
तिम्रो आस रहेसम्म,
तिम्रो अर्थी सेलाईन्जेल, 
हाम्रो लाश बहेसम्म,
निरन्तर, निर्बिरोध, निर्दोश 
यो धर्ती, आकाश रहेसम्म ।

एक्सकाभेटर लिएर टुकुचा खोज्न हिडेका बालेन्द्रलाई खास गरी उच्च अदालत पाटनको अल्पलिन अन्तरिम आदेशले काममा अवरोध गरेको छ भने पुरातत्व विभागले समेत हस्तक्षेपकारी क्रियाकलाप गर्न थालेको देखिएको छ। अदालतको प्रकरणमा त बालेन्द्रले आक्रोश समेत ब्यक्त गरेका छन्।

दुई दिन अघि एउटा पुरानो फोटो पोष्ट गर्दै उनले खोलालाई खोला भनेर पुष्टि गर्न नसक्ने अदालतले ‘नेपाललाई देश हो’ भनेर कसरी पुष्टि गर्न सक्छ भन्दै प्रश्न उठाएका छन्। फेसवुकमा उनले लेखेका छन्–‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

यो पनि 

बालेन्द्र साह टुकुचा खोला लक्ष्मी बैँक

विशेष