News राजनीति

सुर्खेत पुगेर प्रचण्डको खुलासाः नेकपा एससँग पार्टी एकता हुँदैछ

सुर्खेत पुगेर प्रचण्डको खुलासाः नेकपा एससँग पार्टी एकता हुँदैछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेत पुगेर माधब नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी हुन लागेको खुलासा गरेका छन्।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकताको प्रक्रिया अघि बढेको तथा आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको बताए।

केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं । त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ 

तर, यो निर्वाचनमा आ–आफ्नो चुनाव चिन्हमा सहभागी हुने पनि उनले बताए। संघ र प्रदेशमा तालमेल गर्दा सन्तुलित ढंगले होस भनेर आफूहरु लागेको दाहालको भनाई छ। 

कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए। ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो। संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं। अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं। अहिले त्यो मिस नगर्नेगरी सोचेका छौं।’ उनले भने।
 

विशेष