News

एकै दिन थपिए डेंगुका १ हजार ५ सय बढी संक्रमित, ‘प्रकोप’ घोषणाको तयारी

एकै दिन थपिए डेंगुका १ हजार ५ सय बढी संक्रमित, ‘प्रकोप’ घोषणाको तयारी

सरकारले ध्यान नदिँदा डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ। पछिल्लो २४ घण्टामा मात्रै डेंगुका १ हजार ५ सयभन्दा बढी संक्रमित थपिएका छन् ।

शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएकोमा आइतबार साँझसम्म त्यो संख्या २४ हजार ४९२ जना पुगेको छ । थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि बागमती प्रदेशमा १९ हजार जनामा डेंगु संक्रमण भएको छ भने लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।

देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा देखिएको थियो। 

विशेष