कांग्रेसको बन्दसूचिमा पूर्वराष्ट्रपतिका छोरा, प्रधानमन्त्रीपत्नीदेखि प्रेस सल्लाहकारसम्म (सूचिसहित)
![कांग्रेसको बन्दसूचिमा पूर्वराष्ट्रपतिका छोरा, प्रधानमन्त्रीपत्नीदेखि प्रेस सल्लाहकारसम्म (सूचिसहित)](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/04/nepali-congress-0c77e.jpg)
नेपाली कांग्रेसको प्रतिनिधि सभातर्mको समानुपातिक सूचीका विषयमा नेता÷कार्यकर्ताबीच तिव्र असन्तुष्टि छ। समानुपातिकको बन्द सूचीका पार्टीका शीर्ष नेता र तिनका आफन्त मात्रै राखेको आरोप लागेको छ।
अर्कोतर्फ डा. शेखर कोईराला पक्षका नेताले सभापति शेरबहादुर देउवाले सूचिमा एकलौटी गरेको आरोप लथाएर त्यसलाई सच्याउन माग गरिरहेका छन्। शनिबार बानेश्वरको थापागाउँमा आयोजित खबरदारी सभामा पनि उनीहरुले उक्त सूचि सच्याउन माग गरे।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्। सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ।
बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरू पनि छन्। बन्दसूचीमा व्यापारी अनिल रुँगटा र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया, ठगी मुद्दामा मुछिएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालको पनि नाम छ।
पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादव, कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियार, नेता अर्जुननरसिंह केसीका भाइ डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतार, लेखा समितिका पूर्वसभापति भरत शाहकी पत्नी अनिता ढुंगाना पनि समानुपातिक सूचीमा समेटिएका छन् ।
यस्तो छ बन्दसूचीमा रहेका नामावलीः