News बैंकिङ

सहकारीको साधारण सभामा ‘नाईट क्लव’ को झल्को, सुमेरु विवादमा

सहकारीको साधारण सभामा ‘नाईट क्लव’ को झल्को, सुमेरु विवादमा

साधारण सभामा नाईट क्लव स्टाईलको डान्स प्रोग्राम संचालन गरेपछि ललितपुरको पुल्चौक स्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड विवादमा परेको छ।

सानेपास्थित हेरिटेज गार्डेनमा असोज ५ गते सम्पन्न भएको २२औं बार्षिक साधारण सभामा सहकारीले असोभनिय डान्स गराएर सामाजिक मुल्यमान्यता तथा सहकारीको नीति र सिद्धान्ताको पनि धज्जी उडाएको सरोकारवालाले आरोप लगाएका छन्।

कतिपयले ‘सहकारीका सदस्यहरुको रकमलाई उटपट्याङ साँप्रा प्रदर्शनमा खर्च गर्नु भन्दा सदस्यको हित हुने केही सकारात्मक काम गर्नुस। सहकारीका साथीहरु सहकारीमा नाटईक्लवको डान्स आवस्यक छैन।’ भन्दै सुझाव दिएका छन भने कतिपयले ‘यस्ता सहकारीको साधारण सभालाई सदस्यहरूले बहिस्कार गर्नुपर्छ । यस्ता नृत्य देखाउने र दारूपानी खुवाउने संस्थाले राज्यमा बिकृती मात्र होईन जनताको रकम पनि डुबाई अर्काे सुधिर बस्नेत र ईच्छाराज जन्माउने छन्’ होसियार रहन सुझाव दिएका छन्।

साधारण सभामा भएको डान्स प्रोग्रामका विषयमा सामाजिक संजालमा पनि तिव्र असन्तुष्टि छ। ‘साधारण सभा होकि अङ्ग प्रदर्शन गाठे’ भन्दै धेरैले यसको आलोचना गरेका छन्। सहकारीका संचालकहरुले ‘हिसाब देखाउनु पर्ला भन्ने डरले सुन्दरी नृत्य देखाएको’ भन्दै कतिपयले आर्थिक हिनामिनाको आशंका समेत गरेका छन। सुमेरुमाथि सर्वसाधारणको निछेप अपचलन गरेको र दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ।

डान्स प्रोग्राममा सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभ लि., सुमेरु अस्पताल धापाखेल, एसियन कलेज फर एडभान्स स्टडिज, शंकरापुर एकेडेमीका विद्यार्थी तथा सुमेरु मार्टका कर्मचारीहरुको सहभागिता थियो।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती प्रमुख अतिथि रहेको सो बार्षिक साधारण सभामा सुमेरु ग्रुपका अध्यक्ष तथा बोत्सनाका अवैतनिक राजदुत भरत महर्जन, बरिष्ठ हाँस्यकलाकार तथा सुमेरु ग्रुपका एम्बेस्डर किरण केसी (रातामकै) लगायतको उपस्थिति थियो।

सुमेरु सेभिङ्ग एण्ड क्रेडिट

विशेष