News राजनीति

माओवादी धनकुटाका सवै तहका नेताले दिए सामुहिक राजिनामा

माओवादी धनकुटाका सवै तहका नेताले दिए सामुहिक राजिनामा

नेकपा माओवादी केन्द्रको धनकुटाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने सवै तहका नेताले सामुहिक राजिनामा दिएको घोषणा गरेका हु्न् ।

प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारी (सुदर्शन)ले घनकुटामा प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । धनकुटामा नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी छ। त्यसैले सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन ।

आफूले १० दिनअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको भण्डारीले बताए । ‘मैले १० दिनअघि नै अध्यक्षलाई राजीनामा बुझाएको हो, त्यसलाई जिल्लाका साथीहरुसँग सार्वजनिक गरेर मात्रै बाहिर ल्याउने भनेको थिएँ। हिजो जिल्लाका साथीहरुसँगको छलफलपछिको निर्णय हो त्यो’– उनले भने।

राजिनामा दिएका माओवादी नेताहरुले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । 

विशेष