News

‘चोर पीडित संघर्ष समिति’ द्वारा प्रहरी-प्रशासन विरुद्ध राजविराजमा प्रदर्शन

‘चोर पीडित संघर्ष समिति’ द्वारा प्रहरी-प्रशासन विरुद्ध राजविराजमा प्रदर्शन

सदरमुकाम राजविराजसहति जिल्लाभरी नै चोरीका घट्ना बढेपछि सप्तरीमा प्रहरी/प्रशासन विरुद्ध प्रदर्शन भएको छ। घर तथा पसलमा चोरी बढेको र संलग्नलाई प्रहरी प्रशासनले कारवाही गर्न नसकेको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका हुन।

राजविराजका पीडित स्थानीयबासीले ‘चोरी पीडित संघर्ष समिति’ नै बनाएर प्रदर्शन थालेका हुन। संघर्ष समितिले सोमवार राजविराजमा प्रदर्शन गरेको छ। सहभागीहरुले ‘जनताप्रति स्थानीय सरकारको उत्तरदायित्व निर्वाह गर, निर्धक्क व्यापार/व्यवसाय गर्ने वातावरण सिर्जना गर’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनका क्रममा ‘डेंगु/मलेरिया नियन्त्रण गर्न काम गर,सार्वजनिक स्थलमा सीसी क्यामरा जडान गर, प्रहरी/प्रशासन मुर्दावाद, स्थानीय सरकार मुर्दावाद’ लगायतका नारासहित राजविराज वजार परिक्रमा गरिएको थियो।

संघर्ष समितिकी संयोजक सुनिता साह, सदस्यहरु खेलानन्द दास, पार्थो सरकार, शैलेन्द्र सिंह, प्रतिमा देव, रंजित साह, दिनेश गुप्ता, गौरि शंकरप्रसाद साह लगायतले प्रदर्शनको नेतृत्व गरेका थिए।

विशेष