News

समानुपातिकको १ नं. मा बस्ने पूर्वअध्यक्षको झगडा राप्रपाले चुनावबाट सल्टायो

समानुपातिकको १ नं. मा बस्ने पूर्वअध्यक्षको झगडा राप्रपाले चुनावबाट सल्टायो

प्रतिनिधि सभातर्फको समानुपातिक बन्द सूचिमा पहिलो नम्वरमा नाम लेखाउने पूर्वअध्यक्षहरुको झगडा राप्रपाले आन्तरिक निर्वाचनबाट सल्टाएको छ।

राप्रपाका दुई पूर्वअध्यक्षहरु पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीच समानुपातिक बन्द सूचीको पहिलो नम्वरमा नाम लेखाउने झगडा थियो। उनीहरु दुवैको नाम पार्टीले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्द सूचीमा समावेश छ ।

तर, को अगाडि भन्नेमा दुई जनाको लडाईले पार्टी नै बन्धक जस्तै अवस्थामा पुगेपछि अध्यक्ष राजेन्द्र लिङदेनले ‘तपाईंहरुको विवाद तपाईंहरु आफैं मिलाउनुस’ भनेर नेताद्वयलाई नै जिम्मा दिए। तर, उनीहरुबीच सहमति भएन । अन्ततः आज बसेको कार्यसम्पादन समितिको वैठकले मतदानबाट निर्णय लिएको छ ।

जसमा राणालाई ११ र र लोहनीलाई ९ मत प्राप्त भएको छ। लोहनी दुई मतले पछि परेका छन्। राप्रपाको कार्यसम्पादन समितिमा २१ जना सदस्यलाई मताधिकार छ । उनीहरुमध्ये अध्यक्ष लिङदेन आफैं निर्वाचन समितिमा बसेर मतदानमा सहभागी भएनन्। बाँकी २० जनाले मतदान गरेका थिए।

विशेष