News

भाडाको घर छोडेर पत्निसहित नयाँ घरमा सरे प्रचण्ड

भाडाको घर छोडेर पत्निसहित नयाँ घरमा सरे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा सरेका छन्। शिवनगर क्षेत्रमै रहेको भाडाको घरबाट दाहाल र पत्नी सीता नयाँ घरमासरेका हुन्। 

प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा चितव क्षेत्र नम्बर ३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा रहेको घरमा सर्नुलाई अर्थपूर्ण मानिएको छ। नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा दाहालको पैतृक सम्पत्ति हो। यस अघि उनी काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए। 

मंसिर ४ को निर्वाचन नजिकिएसँगै दाहाल आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्। बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग भेटघाटलाई उनले तीव्र पारेका छन्। 

पछिल्लो समय केही चर्चित माओवादी नेताहरुले पार्टी छाडेर एमालेतिर लागेपछि दाहाललाई चुनौती थपिएको छ। दाहालले जिल्लाका असन्तुष्ट नेता कार्यकर्ताहरुलाई अन्य पार्टीमा जान रोक्ने योजना बनाएका छन्। यही षेजना अनुसार उनी नेता÷कार्यकर्ता रिझाउन चितवन पुगेको जनाईएको छ। 

विशेष