News

कांग्रेसका प्रवक्ताको धम्कीः शेखर पक्षको गतिविधि नियालीरहेका छौं

कांग्रेसका प्रवक्ताको धम्कीः शेखर पक्षको गतिविधि नियालीरहेका छौं

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला पक्षको भेला तथा संघर्षका कार्यक्रमहरूलाई पार्टीले नजिकबाट नियालीरहेको भन्दै अप्रत्यक्ष रुपमा अनुशासनको दायरमा ल्याइने चेतावनी दिएका छन् ।

शेखर समूहले २/३ दिन अघि नेतृत्व विरुद्ध खवरादारी सभा गरेको र बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेपछि प्रवक्ता डा. महतले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन। 

मंगलवार पार्टी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र यस्ता गतिविधिले पार्टीलाई फाईदा नगर्ने बताए। सबै नेताहरू बसेर सर्वसम्मत रुपमा समानुपातिकको सूची तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको उनको दावी छ।

‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन’ उनले भने–‘यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

शेखर पक्षका गतिविधिलाई अनुशासन विप।ितको कार्य भएको बताएपछि ‘त्स्तालाई के गर्नुहुन्छ त?’ भन्ने पटक पटकको प्रश्नमा भने उनले सिधा जवाफ दिएनन्। उनले कुटनीतिक भाषा प्रयोग गर्दै खालि ‘त्यसलाई पार्टीले नियालीरहेको छ’ भन्दै जवाफ दिए।

विशेष