News विदेश

तिर्थयात्री चढेको डुंगा डुब्दा ४३ जनाको मृत्यु

तिर्थयात्री चढेको डुंगा डुब्दा ४३ जनाको मृत्यु

बंगलादेशमा आईतवार तिर्थयात्री चढेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । डुंगा चढेर मन्दिर जाँदै गरेका तिर्थयात्रु मध्ये अझै केही वेपत्ता छन।

प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ। प्रहरुका अनुसार डुङ्गामा करिब १०० जना यात्रु थिए। 

डुङ्गालाई तानेर किनारमा लगिएको छ। ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन्। 

सयौं नदीले घेरिएको बङ्गलादेशमा डुङ्गा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ। यद्यपि, अझै पनि दक्षिण एशियाली यस मुलुकमा डुङ्गा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ। 

प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।

विशेष