प्रचण्ड विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने गुरुराज घिमिरेको घोषणा
नेपाली कांग्रेसको डा. शेखर समुहका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने घोषणा गरेका छन्। गठबन्धनमा सिट बाँडफाँट गर्दा आफनो समुहलाई न्याय नभए दाहाल विरुद्ध नै उम्मेदवारी दिने उनको घोषणा छ।
कांग्रेस भित्र टिकट वितरणमा अन्याय भएको भन्दै संस्थापनइतर समूह आन्दोलित छ। उनीहरुले समानुपातिकको अन्यायपूर्ण सूचि समेत सच्याउन माग गरिरहेका छन। केही दिनअघि आयोजित खवरदारी सभामा पनि घिमिरेले दाहाल माधव नेपाल लगायतको नामै लिएर कांग्रेसको समस्या समाधान नभई चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका थिए।
त्यसपछि पनि गठबन्धनका नेताहरु सकारात्मक नदेखिएपछि घिमिरेले न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर दाहाल विरुद्ध नै उम्मेदवारी दिने तयारी गरेका हुन। ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ उनले भने ।
नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ । ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुपर्यो,’ शेखर पक्षको खबरदारी कार्यक्रमको अगुवाइ गर्दै आएका घिमिरेले भने, ‘त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’
यो पनि,
शेखर कोईराला