News अपराध सुरक्षा

दुवै खुट्टा नचल्ने किशोरीलाई खेतको टहरामा पु-याएर बलात्कार

दुवै खुट्टा नचल्ने किशोरीलाई खेतको टहरामा पु-याएर बलात्कार

मोरङको लेटाङमा दुवै खुट्टा नचल्ने किशोरीको बलात्कार भएको छ। लेटाङ नगरपालिका–९ की १९ वर्षीया किशोरीलाई रातको समयमा खेतको टहरोमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ। 

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेका छन्। लेटाङ–९ मा राईको खेती छ। गत शनिबार राति आफ्नै खेतमा रहेको टहरोमा लगेर राईले किशोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित युवतीको दुवै खुट्टा चल्दैन। हिँडडुल गर्न नसक्ने अवस्थाकी किशोरीलाई बोकेर टहरोमा पुर्याइ राईले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

प्रहरीले घटनाका बारेमा सोमबार मात्रै जानकारी पाएको हो। परिवारका सदस्यले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको दुई दिनपछि राईलाई पक्राउ गरेको छ। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

विशेष