News

एकै दिन ४ जनाको मृत्यु भएपछि डेंगुबाट मृत्यु हुनेको संख्या ३६

एकै दिन ४ जनाको मृत्यु भएपछि डेंगुबाट मृत्यु हुनेको संख्या ३६

एकै एकैदिन ४ जनाको मृत्यु भएपछि साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो।

मन्त्रालयको तथ्यांकअनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ। डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

विशेष