News बैंकिङ

नबिल बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता, १२ प्रतिशत छुट पाईने

नबिल बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता, १२ प्रतिशत छुट पाईने

नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ। नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने छन्।

नबिलका ग्राहकहरुले ओपिडी र आईपिडी सेवा लिँदा यो सुविधा पाउने छ। नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा नबिल बैंकका सीईओ ढुंगानाले छुट वृद्धिका लागि प्रयास गरिने बताउँदै यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए। 

म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताए। उनले नियमानुसार नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे।

अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न तत्पर रहने जनाए।

नबिल बैंकले आयोजना गरेको ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफलका क्रममा यो सम्झौता भएको हो। कार्यक्रममा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुिद्धराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए।

बढ्दो शहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ प्रतिको मनोवृत्तिले लोप भई सकेका रोगहरु पुनः माहामारीको रुपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए।

यसैगरी डा. बुिद्धराजाले सर्ने र नसर्ने दुवै रोगहरुको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिनसुझाव दिए। 

नबिल बै‌‌क

विशेष