News

एमालेले बोलायो बैठकः ओली विरुद्धको मोर्चाका १० भाई र ५ दलसँग तालमेल टुङ्गो लगाईने

एमालेले बोलायो बैठकः ओली विरुद्धको मोर्चाका १० भाई र ५ दलसँग तालमेल टुङ्गो लगाईने

आसन्न मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालले राप्रपासहित साना ५ दलसँग तालमेल गर्ने भएको छ। ती दलहरुलाई कति सिट दिने भन्ने विषय भने टुङ्गो लागेको छैन।

एमालेसँग तालमेल गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), राष्ट्रिय जनमत पार्टी छन्।

तालमेल गर्ने दलहरुलाई कति सिट दिने भन्ने विषय टङ्ग्याउन एमालेले विहिबारका लागि सचिवालय बैठक बोलाएको छ। बिहीबार दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले त्यो विषय टुङ्गो लगाउने नेताहरुले जनाएका छन्।

त्यसबाहेक, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीका विषयमा आएको गुनासोको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने एमालेका नेताहरूले बताएका छन्। यससँगै नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा माधव नेपालसँग मिलेर मोर्चाबन्दी गरेका १० नेताहरुको टिकटको विषयमा पनि छलफल हुने बताइएको छ।

विशेष