News

दशैंको तेश्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदै

दशैंको तेश्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदै

घटस्थापनासँगै सुरु भएको नव दुर्गाको पुजा अन्तर्गत आज तेश्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । 

देवीका ९ वटा रूपहरू मध्ये क्रममा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

विशेष