News राजनीति

गुरु घिमिरेको धम्कीपछि समानुपातिक सूची सच्याउन देउवा तयार

गुरु घिमिरेको धम्कीपछि समानुपातिक सूची सच्याउन देउवा तयार

डा. शेखर कोईराला समुहको दबाव थेग्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रारम्भिक सूची हेरफेर गर्न तयार भएका छन।

मंगलबार साँझसम्म समानुपातिक सूचिमा कसैलाई अन्याय नभएको र विधिपूर्वक नै नाम टुङ्गो लगाईएको दावीसहित पत्रकार सम्मेलन गराएका देउवा दवाव थेग्न नसक्ने भएपछि अन्तिम समयमा सूचि सच्याउन तयार भएका हुन।

कोइराला  समूहले छुट्टै भेला–सभा गर्नुका साथै चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवाले मंगलबार साँझ पदाधिकारी बैठक आयोजना गरेका थिए। आजका लागि पनि पदाधिकारी बैठक बोलाएको छ । उनले मंगलवारको बैठककमा आफु सूचि सच्याउन तयार रहेको बताएका थिए।

एकपक्षीय र प्राथमिकताबाहिरका नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको भन्दै शेखर समुह आन्दोलत छ। महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेदवारमा ४० प्रतिशत हिस्सा र सोही अनुपातमा प्रत्यक्ष तर्फको उम्मेदवार पाउनु पर्ने उनीहरुको माग छ।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूचीमा प्रधानमन्त्री देउवा–पत्नी आरजु राणा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, तत्कालीन लेखा समितिका अध्यक्ष भरत शाहकी पत्नी अनिता ढुंगाना शाह, वाग्मती प्रदेश सरकारका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती अञ्जनी श्रेष्ठ, प्रधानमन्त्रीका प्रेसविज्ञ गोविन्द परियार, ठगी आरोपमा मुद्दा चलाइएका मेडिकल कलेज व्यवसायी खुमा अर्याल, नेपालगन्जका अर्का मेडिकल व्यवसायी डा. सुरेशकुमार कनोडिया, व्यवसायी अनिल रुगँटा, कमोड सुब्बा, निर्माण व्यवसायी जगतबहादुर तामाङ, सनत मुर्मकक, नागरिक्ता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको विपक्षमा अन्तर्वार्ता र अभिब्यक्ति दिदै हिडेका पुर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलगायतलाई अटाएर शेखर पक्षका नेतालाई वाईपास गरेपछि असन्तुष्टि अझै चुलिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट मिलाउन बालुवाटारमा निरन्तर बसिरहेको सत्ता गठबन्धन बैठकमा पनि चुनावी परिणाममा असर पर्न सक्ने भन्दै बारम्बार अन्य दलले पनि शेखर समुहको असन्तुष्टिलाई चासो दिईरहेका छन्।

त्यसमाथि शेखर पक्षका नेता गुरुराज घिमिरेले आफुहरुमाथि अन्याय भए विद्रोह गरेर प्रचण्डको क्षेत्रमा उम्मदेदवारी दिने घोषणा गरेपछि गठबन्धनका नेताहरुको मुटुमा समेत ढ्याङ्ग्रो बजेको छ। असन्तुष्टिलाई सम्वोधन गर्न नसके विरोधी समुह नेकपा एमालेसँग मिल्न जाने र त्यसले आफुहरुलाई नै क्षती हुने भयले गठबन्धनका नेताहरु पनि त्राहिमाम देखिका छन।

यसरी सवैतिरबाट दवाव थेग्न नसक्ने अवस्था आएपछि देउवा सूचि सच्याउन तयार भएको जनाईएको छ। 

यो पनि,

विशेष