News

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री नेपालमा

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री नेपालमा

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन्। १२ दिनको विदेश यात्रामा निस्किएकी उनी नेपालपछि संयुक्त अरब इमिरेट्स जानेछिन्। त्यसपछि उनी मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जानेछिन्। 

विगतमा अमेरिकी रक्षा मन्त्रालयको उच्च ओहदामा रहेर काम गरिसकेकी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तकर्क्रिया गर्ने कार्यक्रम छ।

नेपाल भ्रमणमा रहेकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने जनाईएको छ। अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो। तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो। 

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाईमा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए। 

त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो। चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रूपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो। 

एलिजावेथ केनेडी ट्रुडो कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री

विशेष