News राजनीति

गुरुराजको नेतृत्वमा प्ले कार्ड बोकर कांग्रेस मुख्यालयमा शेखर समुहको धर्ना

गुरुराजको नेतृत्वमा प्ले कार्ड बोकर कांग्रेस मुख्यालयमा शेखर समुहको धर्ना

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा नेताहरूले धर्ना सुरु गरेका हुन् ।

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग कोईराला पक्षको छ। नेता कोइरालासहित पार्टीका पदाधिकारी भने धर्नामा सहभागी छैनन् । दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् । केही दिन अघिको खवरदारी सभामा पनि पदाधिकारी सहभागी थिएनन्।

‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं’ धर्नामा सहभागी भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘अन्याय सहँदैनौं, त्यसैले हामी प्ले–कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’

सोमबार बसेको ुमुहको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो । उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् । प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ । 

विशेष