News अपराध सुरक्षा

एपीएफ र एसएसबीको छैठौं समन्वयात्मक बैठक सकियो

एपीएफ र एसएसबीको छैठौं समन्वयात्मक बैठक सकियो

भारतको सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सकिएको छ। बैठकका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलवार नेपाल आएका थिए।

सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा मंगलवारै सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै सकिएको छ। बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेका थिए।

बैठकमा सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ। जसका लागि सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने सहमति भएको जनाईएको छ।

यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने  सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष