News राजनीति

बालकोटमा एमाले बैठक जारी, १२ भाइ नेताको टिकटको टुङ्गो लाग्ने

बालकोटमा एमाले बैठक जारी, १२ भाइ नेताको टिकटको टुङ्गो लाग्ने

नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ। बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटका मापदण्डबारे छलफल भईरहेको छ।

छलफलमा कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित अन्य ५ सँग चुनावी तालमेलबारे कुरा हुने बताइएको छ।

लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न राजेन्द्र महतो नेतृत्वमा कार्यदल बनाइसकेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि एमालेसँग संवादमा छ। कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि केही स्थानमा एमालेको सहयोग लिने तयारीमा छ।

एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् । दसैंअघि नै प्रत्यक्षतर्फका उम्मेदवार लगभग टुंगो लाग्ने एमाले स्रोतले जनाएको छ ।

यसैगरी, निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा समेत केही असन्तुष्टिहरु देखिएका छन्। निर्वाचन आयोगले पनि कांग्रेस र एमालेसहित सबै दलको समानुपातिक सूची नमिलेको भन्दै सच्याएर ल्याउन निर्देशन दिएको छ। उक्त सूची पनि आगामी असोज १६ गतेसम्म सच्याएर अन्तिम रुप दिनुपर्ने छ। त्यो विषयमा समेत छलफल हुने बताईएको छ।

यसैगरी नेकपा छँदा ओली विरुद्धको मोर्चावन्न्दीमा रहेका र वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी फुटाउँदा १० बुँदे सम्झौता मार्फत एमालेमै रहेका १२ भाइ नेताहरुको टिकटबारे पनि छलफल जारी छ। उनीहरुलाई टिकट दिने विषयमा ओलीको गम्भिर असहमति छ। विगतमा कमजोरी गरेको भन्दै लिखित आत्मआलोचना नगरी उनीहरुलाई टिकट दिन नहुने उनको मत छ। 

यो पनि,

विशेष