News अपराध सुरक्षा

मन्दिर प्रवेश गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

मन्दिर प्रवेश गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

बाजुरामा मन्दिर प्रवेश गर्न खोजेका दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। 

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा प्रवेश गर्न खोजेका बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको हो। कुटपिटको योजना बनाएको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्।

नवरात्रको पूजा गर्न मन्दिर पसेका बेला वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएपछि उनलाई पत्रलाउ गरिएको बाजुराका प्रमुख डीएसपी सुर्यबहादुर थापाले बताए।

कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ । पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् ।
 

विशेष