News विदेश अपराध सुरक्षा

भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको मृत्यु भएपछि उनको स्थानमा अनिल चौहान नियुक्त भएका छन्।

पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। नौ महिनासम्म रिक्त त्यस पदको जिम्मेवारी चौहानलाई दिइएको जनाईएको छ।

लेफ्टिनेन्ट जनरल रहेका उनीसँग जम्मु कश्मिरको जवाफी कारबाहीको पटक–पटक नेतृत्व गरेको अनुभव छ। उनले भारतीय सेनामा ४० वर्ष सेवा दिएका छन्। उत्तराखण्डका चौहान भारतको राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसमेत थिए।

गत जुनमा भारत सरकारले सेनाको सेवासम्बन्धी नियम संशोधन गर्दै नौसेना तथा वायुसेनाका तीन तारे जनरलबाट अवकास प्राप्त मध्येकालाई चिफ अफ डिफेन्स स्टाफ बनाउने गरेको छ।

विपिन रावत चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान

विशेष