News

रवि लामिछानेलाई डेंगु संक्रमण, पूर्व निर्धारित कार्यक्रममा उपस्थित नहुने

रवि लामिछानेलाई डेंगु संक्रमण, पूर्व निर्धारित कार्यक्रममा उपस्थित नहुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण पुष्टि भएको छ। लामिछाने स्वयमले आफुलाई डेंगु भएको पुष्टि गरेका छन्।

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि प्रचार प्रसार र संगठन विस्तारमा देशैभरी दौडिरहेका लामिछानेले आफुलाई डेंगु भएको भन्दै ट्वीट गरेका छन्।

बुधवारदेखि ज्वरो र शरीर दुखाइका लक्षण देखिएपछि परिक्षण गराउदा डेंगु देखिएको उनले बताएका छन्। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भन्दै उनले भरतपुर, तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जानकारी दिएका छन्।

उनले लेखेका छन्–‘हिजो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो।परिक्षण गराउदा डेंगी देखियो। डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउदछु।यसबाट पर्न जाने असहजता प्रति क्षमाप्रार्थी छु।’

रवि लामिछाने

विशेष