देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दैछन्: गोकुल बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्व संचार मन्त्री गोकुल बास्कोटाले देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै गरेको भन्दै आलोचना गरेका छन्।
गठबन्धन दलहरु बीचको सिट बाँडफाँट तथा कांग्रेस भित्रको समानुपातिक सूचि र उम्मेदवार छनौटका लागि भईरहेको लगातारको छलफल र वैठकलाई लक्षित गर्दै उनले यसरी आलोचना गरेका हुन।
ट्वीट गर्दै उनले डेंगीको फैलावटले जनता हैरान भएका वेला वालुवाटारमा रमिता भईरहेको पनि बताएका छन्।
बास्कोटाले केही समयअघि ‘सरकार कसरी चलाउनु पर्छ, हामी देखाउँदछौं’ भन्दै कांग्रेस नेता मिलेन्द्र रिजालले दिएको अभिब्यक्तिप्रति पनि ब्यंग्य गरेका छन्। ‘सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन’ भन्दै उनले ब्यंग्य गरेका छन्।
उनी यतीमा मात्रै रोकएिका छैनन्। गठबन्धनको सरकार आएपछि राम राज्य हुन्छ भन्दै हिडेको नागरिक समाज पनि कुम्भकर्णे निन्द्रामा सुतेको आरोप लगाएका छन्।
उनले लेखेका छन्–‘ वालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन। देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै छन। रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।’