News

१० बुँदे पक्षधर १२ भाईलाई टिकटै नदिने अडानमा ओली, कुरै सुन्न मानेनन्

१० बुँदे पक्षधर १२ भाईलाई टिकटै नदिने अडानमा ओली, कुरै सुन्न मानेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु विरुद्धको कित्तामा उभिएका १२ भाई नेतालाई माफि नमागेसम्म टिकट नदिने अडान लिएका छन्। बुधबार वसेको एमालेको पदाधिकारी बैठकमा ओलीको यस्तो अडान देखिएको हो।

बैठकमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका डा. भीम रावल, घनश्याम भुसाल। योगेश भट्टराई लगायतका नेताहरुका बारेमा बारम्बार कुरा उठेपनि ओलीले उनीहरुको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखे ।

‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ? उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ’ ओलीको भनाइ उधृत गर्दै छलफलमा सहभागि एक नेताले भने।

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । १० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरु ४ मंसिरमा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन् ।

यो पनि,

ओलीको विरोध गर्दा भीम रावल ‘घरको न घाटको’, टिकटै नदिने यस्तो छ तयारी

विशेष