News

गठबन्धनको किचलो साम्य नभई एमालेले अन्य दलसँग तालमेल नगर्ने , यस्तो छ कारण

गठबन्धनको किचलो साम्य नभई एमालेले अन्य दलसँग तालमेल नगर्ने , यस्तो छ कारण

नेपाली कांग्रेस भित्रको भद्रगोल र गठबन्धनको किचलो साम्य नभई नेकपा एमालेले अन्य दलसँग तालमेल नगर्ने भएको छ। गठबन्धनभित्र सिट भागवण्डामा सहमति नजुटे त्यसभित्रको असन्तुष्ट पक्षलाई समेत सहभागी गराएर तालमेलको प्रकृया अगाडि बढाउने एमालेको योजना छ।

अहिलेसम्म गठबन्धनदलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन्। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पनि सिट बाँडफाँट सम्मानजनक नभए विद्रोह गर्ने चेतावनी दिएको छ।

यी सवै परिदृष्य विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल अगाडि वढाउने योजना एमालेले बनाएको एक नेताले बताए।

राप्रपाले एमालेसँग चरण–चरणमा वार्ता गरेपनि अहिलेसम्म तालमेलको निर्णय भएको छैन। यसैगरी लोसपा र एमालेबीच पनि चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, सिट संख्याबारे निर्णय भएको छैन।

बिहीबार बसेको एमाले सचिवालय बैठकले २२ असोजभित्र प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ। ‘त्यसको मुख्य कारण भनेकै गठबन्धनको अवस्था हेर्ने हो’ एक नेताले भने–‘एमालेले पाँच दलीय गठबन्धनको असन्तुष्ट पक्षलाई आफूतिर तान्न सकिन्छ कि भनेर कुरिरहेको छ, त्यही भएर समय लागिरहेको छ।’

एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपीसहितका दल तालमेलका लागि प्रयासरत छन्। एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको छ। 

तर, चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यो पनि,

विशेष