News

कुलमान काठमाण्डौं ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने, गठबन्धनको यस्तो प्रश्ताव

कुलमान काठमाण्डौं ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने, गठबन्धनको यस्तो प्रश्ताव

नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाण्डौं २ मा प्रतिनिधि सभाको उममेदवार बन्ने प्रचार गरिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाण्डौं ३ बाट उम्मेदवार बन्ने संभावना बढेको छ।


माओवादीले काठमाण्डौ दुईका लागि तयार गरेपनि काठमाण्डौं ३ मा भने उनी स्वतन्त्र र गठबन्धनका सवै दलको समर्थनमा उमेदवार बन्न लागेका हुन। उनी माओवादीको नभई साझा उम्मेदवारका रुपमा चुनाव लड्न चाहेको श्रोतले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ गठबन्धनको साझा उम्मेदवार बन्न लागेको जनाईएको छ। जानकारी अनुसार घिसिङ गठबन्धनको साझा उम्मेदवारका रुपमा स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जान चाहेपछि सोही अनुसार तयारी भईरहेको माओवादीका एक नेताले बताए।

घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ कै बासिन्दा हुन। बौद्धका उनको घर छ भने यस क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ। अहिले काठमाडौं ३ कांग्रेस र काठमाडौं २ माओवादीले लिनेगरी छलफल भएको छ। तर, घिसिङले स्वतन्त्र रुपमा उठ्न चाहेपछि ३ मा सहमति गरेर जाने तयारी भईरहेको ती नेताले बताए।

घिसिङले भने प्राधिकरण छाडेर उम्मेदवार बन्न जानेकी नजाने भन्ने निर्णय सार्वजनिक गरिसकेका छैनन्। उनले कुनै प्रतिक्रिया समेत जनाएका छैनन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतमा लोडसेडिङ अन्त्य गर्न खेलेको निर्णायक भूमिकाका कारण कुलमान घिसिङको छवि लोकप्रिय छ।

यही छविलाई क्यास गरेर नेताहरुले चुनाव जित्ने योजना बनाएका छन्। कुलमानका कारण अन्य निर्वाचन क्षनेत्रमा पनि सकारात्मक सन्देश जाने उनीहरुको बुझाई छ। घिसिङ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि माओवादीको समर्थनमा दोस्रोपटक कार्यकारी निर्देशक बनेका हुन।

यो पनि,

कुलमान घिसिङ

विशेष