News

प्रशासकीय अधिकृतलाई निवर्तमान सांसदको धम्कीः झुन्ड्याएर हान्न बाँकी छ, छोराछोरी रोलान

प्रशासकीय अधिकृतलाई निवर्तमान सांसदको धम्कीः झुन्ड्याएर हान्न बाँकी छ, छोराछोरी रोलान

धनकुटाबाट नेकपा एमालेबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले पाख्रिबास नगरपालिकाका प्रमुख प्राशसकीय अधिकृत प्रकाशराज पौडेललाई मार्ने धम्की दिएका छन्।

तनहुँबाट आएर आफनो ठाउँमा शासन गरेको भन्दै राईले पौडेललाई झुन्ड्याएर हान्दिने धम्की दिएका हुन्। राईले पौडेललाई धम्की दिएको अडियो सामाजिक संजालमा सार्वजनिक भएको छ। १ मिनेट ९ सकेन्डको उक्त अडियोमा उनले एकोहोरो धम्की दिएका छन्।

पौडेलले पटक पटक ‘के भयो माननिय ज्यू?’ भन्दै प्रश्न गरेका छन। तर उनले कारण भने खुलाएका छैनन्। ‘हैन, तनहुँबाट आएर मेरो ठाउँमा तपाईले शासन गर्ने?’ भन्दै सुरु गरेका राईले ‘तपाईलाइ म एकछिनमा ठिक लगाईदिन्छु, तपाईका छोराछोरी रोलान, तपाईले एकदम हेप्नुभाछ’ भन्दै थर्काएका छन्।

‘तपाईको अस्तित्व समाप्त पार्दिन्छु, तपाईलाई शेरबहादुर देउवा, रामचन्द्र पौडेल कसैले जोगाउन सक्दैन’ भन्दै राईले ‘पछि कुनै घट्ना घट्यो भने मलाई नभन्नु । तपाई जस्तो मान्छेलाई मैले कति झुण्ड्याएर हान्देको छु थाहा छ? झुण्ड्याउर हान्न बाँकी छ। म आउँछु कुन दिन, तपाईले डडाल्नु दरो बनाएर राख्ने’ भन्दै धम्की दिएको अडियोमा सुन्न सकिन्छ।

पौडेलले भने यसरी धम्की दिनुको कारण आफुलाई अहिलेसम्म जानकारी नभएको बताएका छन्। नगरपालिकालाई सिस्टममा चलाउन खोज्दा धम्की आएको उनको गुनासो छ। उनले सुरक्षाको माग गरेका छन्। जानकारी अनुसार पाख्रिबासमा एमालेबाट निर्वाचित उपमेयर नम्रता गौतमले नेपाली काँग्रेसबाट निर्वाचित मेयर ज्ञान बहादुर गुरुङ्गलाई ठेगान लगाउन राईलाई प्रयोग गरेकी हुन।

मेयर–उपमेयरका बीचमा पेट्रोलको कुपनका विषयमा सुरुदेखि नै विबाद छ। उपमेयरले आफुले पनि तेलको कुपन चलाउन पाउनु पर्ने माग गर्दै आएकी छिन भने मेयरले आफुबाहेक अरुलाई त्यो अधिकार नदिने अडान लिएका छन्। सोही विषयमा उपमेयरले पूर्व सांसद राईलाई प्रयोग गरेर धम्की दिएको हुन सक्ने स्थानीयको अनुमान छ।

निवर्तमान सांसद राईको ९८५२०५..९० को मोवाईल स्विच अफ छ।

विशेष