News अपराध सुरक्षा

भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्याका हतियार ब्यवस्थापक पक्राउ

भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्याका हतियार ब्यवस्थापक पक्राउ

भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्यामा हतियारको बन्दोवस्त गरिदिने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार तीनै जना हतियारको ब्यवस्थापन गरिदिने मतियार हुन।

पक्राउ परेकी महिला ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। 

असोज ४ गते बेलुका मोटरसाइकलमा आएका तीन व्यक्तिले काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरेका थिए। तीन जना मध्ये एक जनाले उनलाई खेदीखेदी गोली हानेका थिए। लाल मोहम्मद ढलेपछि उनीहरु मोटरसाईकलमा भागेका थिए।

हत्यामा संलग्नहरु असोव ५ गते दिउँसो ११ बजे नेपाल–भारत सीमा पर्साको रक्सौल नाकाबाट भारत छिरेको प्रहरीको अनुमान छ। लाल मोहम्मदको हत्या प्रकरणमा एक वर्ष पहिलेको ‘हुण्डिको रकम लुटपाट’ घट्ना जोडिएको छ। भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ।

लाल मोहम्मदले पाकिस्तान र बंगलादेशसँग नजिक रहेर भारतीय जाली नोटको अवैध कारोबार तथा हुण्डिका दुई कारोबार गर्दै आएका थिए। मोहम्मद आफैं पाकिस्तानबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने भएकाले उनलाई आईएसआई निकट रहेको भनेर भारतीय खुफिया एजेन्सी ‘रअ’ ले निगरानीमा राखेको थियो। यीनै कारण उनको हत्या गरिएको प्रहरीको अनुमान छ। 

प्रहरीका अनुसार एक वर्ष पहिले लाल मोहम्मदसँगै मिलेर हुण्डिको कारोबार गर्ने नितिन मदनको ७० लाख नेपाली र ३० लाख भारु लुटपाट भएको थियो। घटना भएको केही समयमै नेपाल प्रहरीले यो घटना भएको थाहा पाएपनि कसैले उजुरी नगरेपछि थप अनुसन्धान भएन। घटना गुपचुपमै सकियो। 

तर, रकम लुटपाटपछि यो समूहमा भने खटपट सुरु भएको थियो। लाल मोहम्मदका पार्टनर नितिनले रकम लुटपाटमा लाल मोहम्मदकै योजनामा भएको ठानेको थियो। त्यसैले उनीहरुबीच खटपट भएको अनुसन्धानबाट खुलेको छ। एक वर्ष पहिले त्यो घटना हुनु र अहिले मोहम्मदको हत्यामा नितिनको संलग्नता खुल्नुले हुण्डि प्रहरण नै हत्याको एक कारण हुन सक्ने प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवर्ल्ड डन उदय सेट्ठीसँग पनि देखिएको छ । सेट्टीलाई पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआईनिकट’ अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेको भनेर पनि हेर्ने गरिन्छ।  रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

अन्डरवर्ल्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतिका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् ।

सर्लाहीको गोडैता नगरपालिका–२ स्थायी घर भएका कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको हत्या काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित गोठाटारमा भएको थियो।

यो पनि,

लाल मोहम्मद हत्या

विशेष