News राजनीति

ओलीसँग तुलना गर्दै गरेर गगन थापाले गरे देउवा सरकारको आलोचना

ओलीसँग तुलना गर्दै गरेर गगन थापाले गरे देउवा सरकारको आलोचना

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकासँग तुलना गर्दै आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन्। सरकाले डेंगु रोगको संक्रमण रोक्न नसकेको भन्दै थापाले सरकारको आलोचना गरेका हुन् ।

आज आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले भने, ‘हिजो कोरोनाको बेलामा ओली सरकारले काम गरेन भन्यौँ । अहिले डेंगु संक्रमणका बेला यो सरकारले पनि काम गर्न सकेको छैन ।’ 

उनले सरकारको कार्यशैलीप्रति आफू असन्तुष्ट रहेको बताउँदै ‘डेंगु फैलिएका बेला जुन किसिमले लाग्नुपर्ने हो त्यो किसिमले सरकारले काम गरेन । यसमा मेरो असन्तुष्टि छ । सरकार सबैको हो’ भनेर असन्तुष्टि जनाए। 

उनले आपतकालीन बैठक बसेर संक्रमण रोकथामका लागि विशेष काम गर्न सरकारलाई आग्रह गरे । 

विशेष