चन्दा उठाएर चुनाव लड्दै रवीन्द्र मिश्र, आडम्वर की भद्रता ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले चन्दा संकलन गरेर चुनाव लड्ने संकेत गरेका छन्।
राप्रपासँग एकता गरेको दुई दिनपछि नै उमेदवारी घोषणा गर्न शुक्रवार आयोजित कार्यक्रम स्थलको एक छेउमा चन्दा बाकस पनि राखिएको थियो। यसको सिधा अर्थ हो– उनी चन्दा संकलनबाट चुनाव लड्ने र फजुल खर्च नगर्ने सोचनमा छन्। यदि त्यसो नभए उनी पनि आडम्वरी सावित हुनेछन्।
मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पनि उपस्थिती थियो।
मिश्र ०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।
यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह सँगै हुने देखिन्छ । यो पटकको प्रतिस्पर्धा केही फरक हुने देखिएको छ। सिंह ५ दलिय गठबन्धनका साझा उम्मेदवार हुनेछन् भने मिश्रलाई नेकपा एमालेले समर्थन गर्ने संकेत देखिएको छ। उनले भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
यदि मिश्रलाई एमालेले समर्थन गरे अन्य ५ दलकोको पनि समर्थन प्राप्त हुनेछ। एमालेसँग तालमेलको तयारी गरिरहेका राप्रपासहति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), राष्ट्रिय जनमत पार्टीसमेतको समर्थन पाए रोचक प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरु बताउँछन्
मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उममेदवारी दिने जनाईएको छ।
रवीन्द्र मिश्र