News विदेश

युक्रेनका चार ठुला शहर रुसमा गाभिदै, पश्चिमा देशलाई ठुलो खतरा

युक्रेनका चार ठुला शहर रुसमा गाभिदै, पश्चिमा देशलाई ठुलो खतरा

युक्रेनसँगको लामो युद्धपछि रुसले औपचारिक रुपमा युक्रेनका चार वटा भुभाग आफुमा गाभेको घोषणा गर्दैछ। ४ वटा भुभागले युक्रेनको १८ प्रतिशत क्षेत्र ओगटेका छन्।

युक्रेनका चार भूभाग डोनेट्स्क, लुहान्स्क, खेरसन र जपोरिजियालाई रुषले औपचारिक रुपमा आफ्नो सीमामा गाभ्न लागेको हो। राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि आज एक सम्झौतामा हस्ताक्षर गर्दैछन्। रूसले युद्धको शुरुवातमै डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गरेको थियो भने  खेरसन र जपोरिजिया शहरमा पछिल्लो महिना कब्जा गरेको थियो।

केही दिनअघि गरेको जनमत संग्रहमा यो १८ प्रतिशत भूभागका बासिन्दाले रुसमा गाभिने बताएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले यसको औपचारिक घोषणा गर्न लागेका हुन। युक्रेन र पश्चिमी देशले रुसको यो कदमलाई जबरजस्ती विलय भन्दै कडा आपत्ति जनाएका छन्। 

रूसले भने ‘हामीले पाँच दिन (२३ सेप्टेम्बर–२७ सेप्टेम्बर) सम्म  जनमत संग्रह गरायौँ। यसमा मिलेको समर्थनका आधारमा हामीले युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभ्दैछौँ। यसका लागि कानुनी रुपमा मतदान गराइसकेका छौँ।’ भन्दै प्रष्टिकरण दिएको छ।

सन् २०१४ मा रूसले यही प्रक्रियाअनुसार क्रिमियामा पनि कब्जा जमाएको थियो। जसको पश्चिमी देशले विरोध गरेका थिए। युक्रेनका चार ठूला भूभागलाई औपचारिक रुपमा रूसमा गाभेपछि उसले युक्रेनका अन्य भागमा पनि कब्जा गर्दै पश्चिमी देशलाई पनि निशाना बनाउन सक्ने सन्देश दिएको जानकारहरु बताउँछन्।

विशेष