News राजनीति

एकल उम्मेदवार सिफारिस भएका गगन थापालाई किन लाग्यो हार्ने डर ?

एकल उम्मेदवार सिफारिस भएका गगन थापालाई किन लाग्यो हार्ने डर ?

आगामी मंसिर ४ गते हुने निर्वाचनका काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन नजिकिदै गर्दा हारिन्छकी भन्ने डर लाग्ने गरेको बताए छन् ।

बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा उनले हारिएला कि भन्ने डरले लागेको बताए । चुनावी अनुभव सुनाउँदै उनले चुनावमा जित÷हार दुवै हुने भए पनि आफूलाई डरले सताउने गरेको सुनाए।

विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको उनको भनाई छ । एउटा चुनाव जितेर खुशी भए पनि अर्को चुनाव के होला भन्ने डर लाग्ने गरेको उनको अनुभव छ।

शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले थापालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । बैठकले थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । ०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
 

विशेष