News

भारतीय अनुदानमा रुपन्देहीमा निर्मित विद्यालय भवनको उदघाटन

भारतीय अनुदानमा रुपन्देहीमा निर्मित विद्यालय भवनको उदघाटन

भारतीय अनुदान सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित श्रीराम नरेश यादव आदर्श माध्यमिक विद्यालय भवनको आईतबार उदघाटन गरिएको छ। गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा भवन उदघाटन गरेका हुन।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २ करोड ९ लाख लागतमा निर्माण गरिएको विद्यालय तथा प्रयोगशाला भवन उदघाटन गरिएको दुताबासले जनाएको छ। जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरु मध्ये यो एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।
 

विशेष