News

पर्यटन मन्त्रीलाई गृहको तमाचा, सुरक्षा गार्डलाई रिहा गर्न निर्देशन

पर्यटन मन्त्रीलाई गृहको तमाचा, सुरक्षा गार्डलाई रिहा गर्न निर्देशन

पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई अनुशासनमा वस्न आग्रह गरेकै कारण दुर्ब्यवहारको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।

भिसा प्रकृयाका लागि गत शुक्रबार ठमेल स्थित छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेकै कारण उनलाई पक्राउ गरिएको थियो। पर्यटन मन्त्रालयले उजुरी दिएपछि उनी पक्राउ परेका थिए।

दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएका गुरुङलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अनुमती दिएको थियो।

तर, गृहमन्त्री खाणले सोमबार काठमाडौंका सिडिओ गोविन्द रिजाललाई प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।

मन्त्री श्रेष्ठ संयुक्त राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० को महासभामा भाग लिन क्यानडा जाँदैछन् । त्यसका लागि बायोमेट्रिक दिन छायाँ सेन्टरस्थित भीएफएसको भिसा सेन्टरमा पुगेका थिए ।

यो पनि,

मन्त्रीलाई अनुशासन सिकाउने सुरक्षा गार्डलाई ५ दिन हिरासतमा राख्न अनुमती

विशेष