News विदेश

चीनको सिचुवानमा शक्तिशाली भूकम्प

चीनको सिचुवानमा शक्तिशाली भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा शक्तिशाली भूकम्प गएको छ।

सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।

सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो। तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा गएको उक्त भूकम्पले केही घरहरू भत्काएको थियो भने २ जनाको मृत्यु भएको थियो। पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका थिए।

भूकम्पपछि सरकारले ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारेको थियो।
 

विशेष