News

सायमीको घोषणाः निर्वाचित भए पुरै कार्यकाल सरकारी सुविधा लिन्न

सायमीको घोषणाः निर्वाचित भए पुरै कार्यकाल सरकारी सुविधा लिन्न

प्रतिनिधि सभा सदस्यकागि काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमन सायमीले आफू निर्वाचित भए कार्यकालभरी सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। सांसदको ५ वर्षे कार्यकालभरी कुनै पनि सुविधा नलिने उनको घोषणा छ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिको मेयरमा उम्मेदवारी दिएर पराजित भएपछि उनको भदौ १६ गते ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा भएको छ। 

सोही दिन उनले काठमाण्डौं ८ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन। उनीसंगै प्रदेशसभा र प्रतिनिधसभा सदस्यका लागि १० जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। 

काठमाण्डौं ८ मा मेयर बालेन्द्रकाने साथ पाए चुनावी नतिजा सायमीको पक्षमा आउन पनि सक्ने बताईन्छ। बालेन्द्रको राम्रो पकड भएको महानगरको क्षेत्रमध्ये काठमाडौं ८ पनि एक हो। स्थानीय तह निर्वाचनमा बालेन्द्रले यस क्षेत्रमा पर्ने वडाहरूबाट ६ हजार १४५ मत पाएका थिए। 
 

सुमन सायमी

विशेष