News

भारतीय सेनाका प्रमुख पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

भारतीय सेनाका प्रमुख पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

भारतीय सेनाका प्रमुख मनोज पाण्डेले मंगलबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा पाण्डेले आफ्नो भ्रमण कार्यतालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।

यसैगरी, नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा उनले आभार प्रकट गरे। पाण्डेले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्नेे प्रतिबद्धता पनि व्यक्त गरेको भारतिय दुताबासले जनाएको छ।

भेटबार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरुको पनि उपस्थिति थियो ।

आजै बिहान जनरल पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरेका थिए।

मनोज पाण्डे

विशेष